News Portal

गृहपृष्ठ # जेनजी आन्दोलन

पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कार्यालयको अवस्थाबारे उनले अवलोकन गरेका हुन्। आन्दोलन चर्किएपछि प्रचण्ड...बाँकी

विराटनगरको भाटभटेनीमा शव फेला

विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी

शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री आरजु राणा देउवा आक्रमणमा परी घाइते भएको एक सातापछि पनि अस्पतालमै उपचाररत छन्। चिकित्सकले दुवैजनाको स्वास्थ्यमा सुधार देखिए पनि अझै...बाँकी

नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नाइजेरियाका ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे साथै ब्राजिलका...बाँकी

ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन रिपोर्टर्स क्लबमा झडपसम्म पुगेको छ। गुरुङले सम्बोधन गर्दै गर्दा बाहिरबाट आएका केही व्यक्तिहरुले संसद विघटनदेखि कार्यकारी प्रधानमन्त्रीको मुद्दासम्म विषय उठाउँदै...बाँकी

सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा सचिवलाई नै थर्काएको र त्यहाँको पानीसम्म नपिएको खुलासा गरे। गुरुङका...बाँकी

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार आन्दोलनको क्रममा ५९...बाँकी

पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ। महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले शव परिवारलाई दिएका हुन्। सोमबारको आन्दोलनमा केही युवाहरू प्रहरीको गोली...बाँकी

जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्। प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, मृतकमध्ये २१ जना प्रदर्शनकारी हुन्, जो प्रदर्शन नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगका कारण...बाँकी

नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था आएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले मत प्राप्त गरेको भए पनि विश्वास गुमाएको कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। खासगरी नयाँ...बाँकी