News Portal

सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

३१५ पटक

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति कार्यालयमा सचिवलाई नै थर्काएको र त्यहाँको पानीसम्म नपिएको खुलासा गरे।

गुरुङका अनुसार उनलाई वार्ताका लागि बिहान ८ बजे नै बोलाइएको थियो। उनी चप्पलमै शीतल निवास पुगेका थिए। तर, अपेक्षाअनुसार राष्ट्रपति नआएर दुई जना कर्मचारी मात्रै आए, जसमा ढाका टोपी र सुट लगाएको सचिव पनि थिए। सचिवको शैली देखेर आफू रिसाएको उल्लेख गर्दै गुरुङले सोधेका रहेछन्, “ताल यही हो? लाज लाग्दैन?”

गुरुङले थपे, आफूले स्पष्ट रूपमा “तपाईंहरुसँग वार्ता गर्दिनँ, अहिलेको राष्ट्रपति लिएर आउनुस” भनेर भनेको थिए। उनले सचिवलाई “बाजे खोइ?” सम्म भन्दै कठोर प्रश्न उठाएको समेत स्मरण गरे।

वार्ताको क्रममा पानी र चिया खाने प्रस्ताव अस्वीकार गर्दै उनले भने, “राष्ट्रपति निवासको पानी एक थोपा पनि पिएनँ, बाहिरबाट ल्याएर मात्रै पिएँ। विदेशी पानी पिउने चलनलाई लाज सरम नभएको मान्छु।”

उनले आन्दोलनको पहिलो माग संसद विघटन रहेको उल्लेख गर्दै, राष्ट्रपति र आर्मी प्रमुखसँगको भेटमा त्यसबारे सकारात्मक संकेत पाएको पनि सुनाए। तर माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्दै उनले भने, “साथीहरूले साथ नदिए पनि म एक्लै संघर्ष गर्छु। मेरो लागि देश नै माथि हो।”

गुरुङका अनुसार यो आन्दोलनले ८० वर्षमै नदेखिएको परिवर्तन ल्याएको छ र जनताको सरकारको लागि लडाइँ अझै निरन्तर रहनेछ।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...