News Portal

  • गृहपृष्ठ # विराटनगर

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार दोस्रो तलामा भेटिएको शव अत्यधिक जलेको अवस्थामा...बाँकी

    नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

    विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व कार्यालय विराटनगरले १ अर्ब ४० करोड बिगो जरिवाना र ६ महिना कैदको सजाय सुनाएको छ। गत असार १६ गते पक्राउ...बाँकी

    प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

    विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन सक्ने वातावरण आफूले सिर्जना गरिदिएको बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा...बाँकी

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकहरूले सफल शल्यक्रियाबाट निकालेका छन्। खेल्ने क्रममा गल्तीले निलेको कैंची पेटसम्म पुगिसकेपछि चिकित्सकको टोलीले जटिल अपरेसन गरेर बालकलाई नयाँ...बाँकी

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि बोलाइएका श्रमिकहरूलाई सादा पोसाकमा रहेका प्रहरीले कार्यालयभित्रै पाइप र बुट...बाँकी

    तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

    विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक फरार भएका छन्। सुधारको आशामा राखिएका ती किशोरहरू सुधार गृहको पर्खाल नाघी भागेका हुन्। मोरङ प्रहरीका अनुसार फरार हुनेहरू १७...बाँकी

    रंगेलीमा परोपकार समाज द्वारा फगुवा कार्यक्रम

    फाल्गुन २५, विराटनगर – अप्पन विराटगढ परोपकार समाजद्वारा रंगेलीमा फगुवा कार्यक्रम सम्पन्न भएको छ। रंगेली–७ स्थित काली मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा “मैथिली भाषा लोककला संरक्षण एवं जागरण अभियान” अन्तर्गत “हमहुँ गेबैए फगुवा” कार्यक्रम गरिएको...बाँकी

    हुलाकी सडक विराटनगर, रंगेली हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालन

    फाल्गुन २०, विराटनगर – हुलाकी राजमार्गको बहुप्रतीक्षित रतुवा पुल निर्माणकार्य सम्पन्न भइसकेपछि विराटनगर (हाटखोला), रंगेली, डाइनिया, आमबारी हुँदै झापाको गौरीगञ्जसम्म सार्वजनिक यातायात सञ्चालनमा आएको छ। विराटनगरदेखि गौरीगञ्जसम्म दैनिक ३०/३० मिनेटको अन्तरमा १५ वटा सार्वजनिक यातायात...बाँकी

    चाँदनी हत्या प्रकरण : बाबुआमा सहित ६ जना पुर्पक्षका लागि कारागार चलान

    फाल्गुन १९, विराटनगर – विराटनगरमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेकी भारत, छपरा जिल्लाकी १४ वर्षीया चाँदनी यादवको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। मोरङ...बाँकी

    ताप्लेजुङमा केबलकार विवाद चर्किँदा झडप, प्रहरीसहित दर्जनौं घाइते

    फाल्गुन ८, विराटनगर – ताप्लेजुङको पाथीभरा क्षेत्रमा पुनः तनाव उत्पन्न भएको छ। ‘नो केबलकार समूह’ क्षमा पूजाको नाममा केबलकार निर्माणस्थल पुगेपछि झडप भएको हो। जिल्ला प्रशासनका अनुसार समूहका नेताहरू राजेन्द्र महतो, रकम चेम्जोङ, डकृेन्द्र थेगिम,...बाँकी