News Portal

तीन बालक कोशी बाल सुधार गृहबाट फरार, प्रहरी परिचालन गरी खोजी तीव्र

हिमालीसंचार संवाददाता
३०५ पटक

विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक फरार भएका छन्। सुधारको आशामा राखिएका ती किशोरहरू सुधार गृहको पर्खाल नाघी भागेका हुन्।

मोरङ प्रहरीका अनुसार फरार हुनेहरू १७ देखि १८ वर्ष उमेर समूहका छन्। तीमध्ये एक जना उदयपुर जिल्लाका हुन्, जसलाई अदालतले १६ वर्ष ८ महिनाको कैद सजाय सुनाएको थियो र तीन वर्षदेखि सुधार गृहमै रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङ जिल्लाका हुन्, जो करिब पाँच महिनाअघि मात्र पुर्पक्षका लागि त्यहाँ भर्ना भएका थिए।

फरार किशोरहरूको खोजी कार्य तीव्र बनाइएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्भावित स्थानहरूमा प्रहरी टोली खटाइएको छ।

यो घटनाले बाल सुधार गृहको सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। सुधारको वातावरणमा राखिएका बालकहरू नै सुधार गृहबाट सजिलै भाग्नुले प्रशासनिक लापरवाही र सुरक्षामा चनाखोपनाको अभाव देखिएको स्पष्ट संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...