
विराटनगर, वैशाख ३० – विराटनगर–३ मा अवस्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बालक फरार भएका छन्। सुधारको आशामा राखिएका ती किशोरहरू सुधार गृहको पर्खाल नाघी भागेका हुन्।
मोरङ प्रहरीका अनुसार फरार हुनेहरू १७ देखि १८ वर्ष उमेर समूहका छन्। तीमध्ये एक जना उदयपुर जिल्लाका हुन्, जसलाई अदालतले १६ वर्ष ८ महिनाको कैद सजाय सुनाएको थियो र तीन वर्षदेखि सुधार गृहमै रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङ जिल्लाका हुन्, जो करिब पाँच महिनाअघि मात्र पुर्पक्षका लागि त्यहाँ भर्ना भएका थिए।
फरार किशोरहरूको खोजी कार्य तीव्र बनाइएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सम्भावित स्थानहरूमा प्रहरी टोली खटाइएको छ।
यो घटनाले बाल सुधार गृहको सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठाएको छ। सुधारको वातावरणमा राखिएका बालकहरू नै सुधार गृहबाट सजिलै भाग्नुले प्रशासनिक लापरवाही र सुरक्षामा चनाखोपनाको अभाव देखिएको स्पष्ट संकेत दिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
