आज : २०२६-१०-१३, मङ्गलबार

युवा शक्ति कुवेतद्वारा दसैँको टीका तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना हुने

कुवेत। ‘सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौँ’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यहरू गर्दै आइरहेको युवा शक्ति कुवेतले नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा टीका तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।

परदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै आपसी सद्भाव, भाईचारा र एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। यस कार्यक्रमले कुवेतमा रहेका नेपालीहरूबीच आत्मीयता बढाउनुका साथै चाडपर्वको खुसी एकआपसमा बाँड्ने विश्वास लिइएको छ।

नेपालीहरूको महान् पर्व विजया दशमी २०८३ को पावन अवसरमा युवा शक्ति कुवेतले कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई टीका ग्रहण गर्न तथा शुभकामना आदान–प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ।

परदेशमा रहे पनि आफ्नो संस्कृति र परम्परालाई जोगाउँदै नेपालीपनको आत्मीयता साटासाट गर्न, आपसी सद्भाव कायम राख्न र एकताको भावना अझ प्रगाढ बनाउन आयोजकले सबै नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

कार्यक्रमको विवरण

📅 मिति: अक्टोबर २१, २०२६ (बुधबार)
⏰ समय: बेलुका ७:०० बजेदेखि
📍 स्थान: हिमालयन रेस्टुरेन्ट, साल्मिया, कुवेत