आज : २०२६-११-२७, शुक्रबार

बटरवारीमा भव्य सामा चकेवा उत्सव सम्पन्न

सुनवर्षी । ‘विश्व शान्तिका लागि धर्म संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ मोरङको सुनवर्षी नगरपालिका–४ स्थित बटरवारीमा महिला समूहको आयोजनामा भव्य सामा चकेवा उत्सव सम्पन्न भएको छ।

कार्यक्रममा महिला समूहकी अध्यक्ष मीनादेवी यादवले मौलिक धर्म, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। महिलाहरू एकजुट भएर आफ्नो मौलिक संस्कृति संरक्षणमा सक्रिय हुन पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–२ का सभापति यज्ञबहादुर कार्की, सुनवर्षी नगरपालिका–४ का वडाध्यक्ष छेदिया यादव, पूर्वप्रधानाध्यापक चम्रु यादवलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै विनोद यादव, अमित यादव, प्रकाश यादव, अमरलाल यादवलगायत स्थानीय अगुवा तथा समाजसेवीहरूको समेत सहभागिता रहेको थियो।

मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजित उत्सवले स्थानीय समुदायमा सांस्कृतिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको सञ्चालन सुजाता यादव र पत्रकार सुनिल यादवले गर्नुभएको थियो।