आज : २०२६-१०-०१, बिहीबार

गङ्गा जमुनाका चन्द्र थापा बागमती प्रदेश प्रतिनिधिमा सर्वसम्मत

धादिङ । नेपाली कांग्रेस धादिङको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत मतदान कार्यक्रम सम्पन्न भएको छ। मतदान सम्पन्न भएसँगै बिहीबार मतगणना हुँदैछ।

यसैक्रममा गङ्गाजमुना गाउँपालिकाका चन्द्र थापा बागमती प्रदेश अधिवेशनका लागि पेसागत विषय विज्ञतर्फको प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

पार्टीमा लामो समयदेखि सक्रिय रहँदै आएका थापाले युवाको राजनीतिक सहभागिता, पार्टीभित्रको एकता तथा संगठन सुदृढीकरणमा जोड दिँदै आएका छन्। १ हजार ७९० जना प्रतिनिधि मतदाता रहेको उक्त क्षेत्रमा १ हजार ७५८ मत खसेको जनाइएको छ।

सर्वसम्मत निर्वाचित भएपछि थापाले पार्टीभित्रका सम्पूर्ण अग्रज नेतृत्व, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा असल राजनीतिक संस्कारलाई आत्मसात् गर्दै पार्टी एकता मजबुत बनाउने तथा जनसरोकारका विषयमा सक्रिय भएर अघि बढ्ने उनले बताएका छन्।

यद्यपि थापा सर्वसम्मत भए पनि निर्वाचन समितिले मतगणना प्रक्रिया सम्पन्न गरेपछि मात्रै उनलाई आधिकारिक रूपमा निर्वाचित घोषणा गर्ने कार्यक्रम रहेको बुझिन्छ।