को हुन् अनिल सुब्बा?उम्मेदवारी

मोरङ,- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. २ बाट युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा अनिल सुब्बाले उम्मेदवारी दिएका छन्।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका सुब्बाले करिब दुई दशकदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका छन्। युवाको आवाजलाई पार्टीको निर्णय तहसम्म पुर्याउने उद्देश्यसहित उनले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका हुन्।
युवासँग प्रत्यक्ष जोडिएर संगठन निर्माण तथा विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका सुब्बाले पछिल्लो समय नगर युवा तथा खेलकुद समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेर काम गरिसकेका छन्।
लामो समयदेखि युवामाझ संगठनात्मक गतिविधिमा सक्रिय सुब्बाले युवा सहभागिता, पुस्तान्तरण, संगठन सुदृढीकरण तथा युवालाई नेतृत्वको मूलधारमा स्थापित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन्।
दुई दशक लामो राजनीतिक तथा सामाजिक यात्राबाट प्राप्त अनुभवलाई पार्टीको नीति, संगठन निर्माण र आगामी राजनीतिक दिशासँग जोड्ने उनको भनाइ छ। युवाको प्रतिनिधित्व गर्दै आएको उनको उम्मेदवारीसँगै मोरङ क्षेत्र नं. २ मा युवा पुस्ताको सहभागिता र नेतृत्व तहमा पहुँचको विषयसमेत चर्चामा आएको छ।
सुब्बाको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्वमा सहभागिता बढाउने प्रयासका रूपमा हेरिएको छ। उनका समर्थक तथा युवाहरूले समेत उनको उम्मेदवारीले पार्टीभित्र युवा आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्न सक्ने बताएका छन्।
















