News Portal

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

३६ पटक

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था भने चिन्ताजनक देखिएको छ।

बुधबार दिउँसो गरिएको अनुगमनका क्रममा सुनवर्षी नगरपालिका–५ स्थित गुलेश्वर प्राथमिक विद्यालय तथा वडा नम्बर–४ मा रहेको श्री आधारभूत विद्यालय बटरबारी निर्धारित समयभन्दा अगावै बन्द भएको भेटिएको हो। दिउँसो ३ बजेदेखि ३:३० बजेसम्म गरिएको निरीक्षणमा विद्यालयहरू बन्द अवस्थामा फेला परेका छन्।

शिक्षा मन्त्रालयले विद्यालयहरूमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ। स्थानीय अभिभावकहरूका अनुसार यी विद्यालयहरूमा विगतदेखि नै समयभन्दा अगावै विद्यालय बन्द गर्ने प्रवृत्ति रहँदै आएको छ।

विद्यालय समयअगावै बन्द हुँदा विशेषगरी विपन्न, गरिब तथा निम्नवर्गीय परिवारका बालबालिका प्रत्यक्ष रूपमा शिक्षाबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। सामुदायिक विद्यालयप्रति विश्वास बढाउन सरकारले शिक्षकहरूले आफ्ना सन्तानलाई समेत सामुदायिक विद्यालयमै पढाउनुपर्ने नीति अघि सारे पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन।

स्थानीयवासीहरूले सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षकहरूको लापरवाहीका कारण विद्यार्थीको शैक्षिक स्तर खस्किँदै गएको गुनासो गरेका छन्।

सुनवर्षी नगरपालिकाका शिक्षा अधिकृतले सम्बन्धित विद्यालय किन समयअघि बन्द गरिएको हो भन्ने विषयमा प्रधानाध्यापकहरूसँग आवश्यक जानकारी लिइने बताएका छन्।

राज्यले सामुदायिक विद्यालय सुधारका नाममा वर्षेनी करोडौं रुपैयाँ लगानी गरिरहे पनि अपेक्षित शैक्षिक सुधार हुन नसक्दा सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ। स्थानीय तहदेखि केन्द्र सरकारसम्मले समयमै गम्भीर ध्यान दिएन भने सामुदायिक शिक्षाको गुणस्तर थप खस्किने देखिन्छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...