
विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–४ की ४२ वर्षीया सृजना मगर हुन्। उनी मानव बेचबिखन र ओसारपसारसम्बन्धी मुद्दाका प्रतिवादी हुन्।
मगर भदौ २४ गते जेनजी आन्दोलनको अवसरमा कारागारबाट भागेकी थिइन्। मोरङ प्रहरीले महानगरपालिका–११ बसपार्क नजिक लुकीछिपी बसेको अवस्थामा उनलाई बुधबार राति पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताए। पक्राउ परेपछि उनलाई फेरि काठमाडौं पठाउने तयारी भइरहेको छ।