News Portal

गृहपृष्ठ # काठमाडौं

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला परेका छन्। ट्राफिक प्रहरीले ती सवारी साधन सम्बन्धित मालिकहरूलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्की...बाँकी

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी जमानीमा रिहा भएका छन्। पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएको उनलाई जिल्ला सरकारी वकिल कार्यालयले छोड्न आदेश दिएको हो। जिल्ला प्रहरी...बाँकी

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबार काठमाडौंमा भएको बन्दसत्रमा उनले पार्टीको संगठन, राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका हुन्।...बाँकी

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा सुदन गुरुङबीच बिहीबार ललितपुरको ज्वागलमा भेटवार्ता भएको छ। बालेनका सहयोगी कुमार बेनको निवासमा भएको यो छलफलको विषयबस्तु अहिलेसम्म सार्वजनिक गरिएको...बाँकी

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो लागेको स्थानबाट बाक्लो धुवाँ फैलिएको र आसपास प्रभावित भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आगलागीको कारणबारे...बाँकी

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा समायोजन गरी घटाएको छ। नेपाल आयल निगमले पुस १६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँबाट १२८ रुपैयाँ कायम गरेपछि...बाँकी

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा बैठक गर्दैछ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् कि बैठकको मुख्य उद्देश्य समानुपातिक उम्मेदवार सूचीलाई अन्तिम रूप दिनु हो।...बाँकी

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरबाट निस्किएका छन्। वार्तापछि सञ्चारकर्मीले छलफलको विषयबारे प्रश्न गर्दा रविले उत्तर दिए, “मेरो अनुहारले...बाँकी

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सूचना जारी गर्दै २४ मंसिरदेखि सञ्चालनमा रहेको संयुक्त अपरेसनमार्फत उनीहरूलाई नियन्त्रणमा...बाँकी

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ नगरपालिका-१३ घर भई ललितपुर महानगरपालिका-४ बस्ने २४ वर्षीय सुजन आले मगरले वैदेशिक रोजगारको आकर्षक प्रस्ताव देखाएर एक जना...बाँकी