News Portal

गृहपृष्ठ # राजीनामा

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि...बाँकी

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो। बिष्टले केही अघि कामको व्यस्तताका...बाँकी

प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले बिहीबार पार्टीको पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन्। लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयोगी...बाँकी

मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन दबाब दिन सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन्। अर्यालले आफूविरुद्ध षडयन्त्र भइरहेको र सामाजिक सञ्जालमा बुलि भइरहेको बताएका...बाँकी

गंगा दाहालले माओवादी सचिवालय संयोजक पदबाट राजीनामा दिइन्

काठमाडौं, कार्तिक ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय संयोजक गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्। उनले फेसबुकमा लेखेकी छिन् कि आफूविरुद्ध निरन्तर भ्रम र कुप्रचार फैलाइरहेको भन्दै पार्टी र प्रचण्डमाथि योजनाबद्ध प्रहार...बाँकी

ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएका छन्। उनले आफ्नो कदमको उद्देश्य राजनीतिक निकास खोज्न र समस्या समाधानतर्फ थप पहल गर्नु भएको बताउनु...बाँकी

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा यस्तो निर्णय गरेको बताएका हुन्।...बाँकी

जेन–जी आन्दोलनपछि खानेपानी मन्त्री यादवको राजीनामा तयारी

काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र बनेको छ। यही घटनापछि खानेपानी मन्त्री प्रदीप यादवले पद छाड्ने तयारी गरेको बताएका छन्। मन्त्री यादवले यस्तो संवेदनशील परिस्थितिमा पदमा...बाँकी

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। लेखकले घटनामा अहिलेसम्म १९ जनाले ज्यान गुमाएको अवस्थाबारे आफूले नैतिक जिम्मेवारी लिनुपर्ने महसुस गर्दै यस्तो निर्णय...बाँकी

सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी