News Portal

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

१६० पटक

काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो।

बिष्टले केही अघि कामको व्यस्तताका कारण जिल्ला सभापतिबाट राजीनामा दिने निर्णय गरेका थिए। राजीनामा अघि उनले जिल्ला कार्यसमिति बैठक पनि आह्वान गरेका थिए, जहाँ सहभागी सदस्यहरूले राजीनामा नदिन आग्रह गरेका थिए। तर, लामो सोचविचारपछि बिष्टले पदबाट हट्ने निर्णय उचित भएको ठानेका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बिष्ट काठमाडौं-१० बाट रास्वपाका तर्फबाट उम्मेदवार थिए। अहिले उनी फेरि आफ्नो जिम्मेवारी सम्हाल्दै पार्टीको काममा सक्रिय हुने देखिन्छन्।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...