News Portal

रास्वपा काठमाडौं सभापति प्रदीप बिष्टले राजीनामा फिर्ता लिए

२९८ पटक

काठमाडौं, मंसिर ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौंका जिल्ला सभापति प्रदीप बिष्टले सोमबार आफ्नो राजीनामा फिर्ता लिएका छन्। पार्टीका अनुसार, उनले बागमती प्रदेश समितिमा बुझाएको राजीनामा फिर्ता गरिएको हो।

बिष्टले केही अघि कामको व्यस्तताका कारण जिल्ला सभापतिबाट राजीनामा दिने निर्णय गरेका थिए। राजीनामा अघि उनले जिल्ला कार्यसमिति बैठक पनि आह्वान गरेका थिए, जहाँ सहभागी सदस्यहरूले राजीनामा नदिन आग्रह गरेका थिए। तर, लामो सोचविचारपछि बिष्टले पदबाट हट्ने निर्णय उचित भएको ठानेका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बिष्ट काठमाडौं-१० बाट रास्वपाका तर्फबाट उम्मेदवार थिए। अहिले उनी फेरि आफ्नो जिम्मेवारी सम्हाल्दै पार्टीको काममा सक्रिय हुने देखिन्छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...