News Portal

प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

३२९ पटक

काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले बिहीबार पार्टीको पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन्।

लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयोगी मानिँदै आएका पाण्डेले पार्टी नेतृत्वको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेका हुन्। उनले प्रचण्डलाई सम्बोधन गर्दै एक भावुक पत्र लेखेका छन्, जसमा पार्टीभित्र बढ्दो आत्मकेन्द्रितता, सहयोद्धा कार्यकर्तामाथिको अपमान र असहिष्णु प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाइएको छ।

पत्रमा पाण्डेले युद्धकालीन संघर्षका सम्झना र प्रचण्डसँगको आत्मीय सम्बन्धको चर्चा गर्दै अहिलेको नेतृत्वप्रति गहिरो निराशा व्यक्त गरेका छन्। एक समय “नेताको सुरक्षाका लागि ज्यान दिन तयार सैनिक” रहेको बताउने पाण्डेले अहिले त्यही नेतृत्वको कार्यशैलीले मोहभंग भएको बताएका छन्।

राजीनामा दिएसँगै पाण्डे अब जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...