News Portal

  • प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    ४८ पटक

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे ‘प्रलोक’ ले बिहीबार पार्टीको पद र सदस्यता दुवैबाट राजीनामा दिएका छन्।

    लामो समयदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नजिकका सहयोगी मानिँदै आएका पाण्डेले पार्टी नेतृत्वको कार्यशैली र व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेका हुन्। उनले प्रचण्डलाई सम्बोधन गर्दै एक भावुक पत्र लेखेका छन्, जसमा पार्टीभित्र बढ्दो आत्मकेन्द्रितता, सहयोद्धा कार्यकर्तामाथिको अपमान र असहिष्णु प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाइएको छ।

    पत्रमा पाण्डेले युद्धकालीन संघर्षका सम्झना र प्रचण्डसँगको आत्मीय सम्बन्धको चर्चा गर्दै अहिलेको नेतृत्वप्रति गहिरो निराशा व्यक्त गरेका छन्। एक समय “नेताको सुरक्षाका लागि ज्यान दिन तयार सैनिक” रहेको बताउने पाण्डेले अहिले त्यही नेतृत्वको कार्यशैलीले मोहभंग भएको बताएका छन्।

    राजीनामा दिएसँगै पाण्डे अब जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय हुने तयारीमा रहेको स्रोतले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...