News Portal

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

२५ पटक

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ। जोगबनी नाकामा सुरक्षा निगरानी कडा भएपछि खुला सीमावर्ती क्षेत्र रङ्गेलीका चोप्राह, धनापट्टि, मायागञ्ज र सिक्टी क्षेत्र लागूऔषध कारोबारी तथा प्रयोगकर्ताका लागि सहज मार्ग बन्दै गएको स्थानीयको भनाइ छ।

लामो समयदेखि ती क्षेत्रमा प्रहरी निगरानी कमजोर बन्दै जाँदा लागूऔषध कारोबारीले खुला सीमा क्षेत्रलाई ओसारपसारका लागि प्रयोग गर्दै आएका थिए। यसैक्रममा इलाका प्रहरी कार्यालय रङ्गेलीको विशेष टोली र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले सोमबार साँझ रङ्गेली–४ चोप्राह क्षेत्रमा लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको हो।

प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २८ प ९०९३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्लास्टिकबाहेक तौल गर्दा २० दशमलव ९० ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित कुल २७ दशमलव ५९ ग्राम पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–६ का २१ वर्षीय समिर राई, बेलबारी–४ का ३४ वर्षीय शक्ति राई, पथरी शनिश्चरे–६ का २९ वर्षीय मुकेश महतो र रङ्गेली–७ का २५ वर्षीय कार्तिक कुमार मण्डल रहेका छन्। अन्य तीन जनाको साथबाट थप ४ दशमलव ४६ ग्राम खैरो हेरोइन र ३ ग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ।

पक्राउ परेका चारै जनामाथि लागूऔषध ओसारपसार तथा बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...