News Portal

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

५३ पटक

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। विभिन्न विवाद र आलोचनाका कारण उनीहरूले पद गुमाएका हुन्।

श्रममन्त्री दीपककुमार साह सबैभन्दा पहिले विवादमा परेका थिए। आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा समावेश गराएको आरोप लागेपछि उनलाई नियुक्तिको करिब दुई सातामै पदबाट हटाइएको थियो। सम्बन्धित दलको सिफारिसपछि उनलाई पदमुक्त गरिएको हो।

यसैबीच, गृहमन्त्री सुधन गुरुङले पनि पदबाट राजीनामा दिएका छन्। उनको सम्पत्ति विवरणमाथि विभिन्न प्रश्न उठ्नुका साथै थप लगानी र आर्थिक कारोबारबारे शंका बढेपछि उनले बुधबार पद छाडेका हुन्। उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत् प्रयोग गरिएको विषय सार्वजनिक भएपछि उनीमाथि दबाब बढेको थियो।

सरकार गठन भएको २६ दिनमै दुई मन्त्री बाहिरिनु सरकारको पारदर्शिता र कार्यशैलीमाथि प्रश्न उठ्ने विषय बनेको छ।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...