आज : २०२६-०७-०९, बिहीबार

ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई मध्यनजर गर्दै राजीनामा दिएका छन्। उनले आफ्नो कदमको उद्देश्य राजनीतिक निकास खोज्न र समस्या समाधानतर्फ थप पहल गर्नु भएको बताउनु भएको छ।

ओलीले भने, “मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानको धारा ७७ (१) क अनुसार आजदेखि लागु हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

उनको राजीनामा घोषणापछि देशको राजनीतिक वातावरणमा नयाँ मोड आएको छ।