News Portal

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

२८१ पटक

काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भाद्र २३ गते भएको ‘अलोकतान्त्रिक कदम’ र दमनको विरोधमा यस्तो निर्णय गरेको बताएका हुन्।

मन्त्री अधिकारीले सरकारले अपनाएको व्यवहारले आफूलाई ‘अपराधबोध’ भएको र यो ‘नैतिकताको खिलाफ’ भएकाले पदमा बसिरहन नसक्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्, “हाम्रो छोराछोरी पुस्ताले मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाहीतर्फ गइरहेको हो कि भन्ने आशंका ममा गहिरिएको छ।”

उनले ‘देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार गरियो?’ भन्दै प्रश्न गरेका छन्। यसप्रकारको अवस्थाबारे जवाफ नखोजी सत्तामा बसिरहन नसक्ने उनले स्पष्ट पारेका छन्।

“कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षा दुवैको खिलाफ हुने भएकाले पदमा बसिरहन सक्दिनँ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

धादिङ–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी २०८१ असार ३१ गते कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसालाई लोकतन्त्रको प्राण मान्ने सिद्धान्तप्रति अडिग रहने बताएका छन्।

अन्त्यमा उनले भनेका छन्, “जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुँदैन। हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने चेतना नेताहरूमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...