News Portal

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

४६ पटक

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुँदै प्रधानमन्त्रीको उम्मेदवार बन्ने पक्का भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन्।

रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच बालेनलाई पार्टीको तर्फबाट चुनाव लडाउने र प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषयमा सहमति भएको बताइन्छ। सोही सहमतिअनुसार उम्मेदवार बन्न माघ ६ गतेभित्र महानगर प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

हाल बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी भए पनि निर्वाचन प्रक्रियामा जाने निर्णयसँगै उनले पद त्याग्ने तयारी थालेका हुन्। यसबारे मेयरका प्रमुख स्वकीय सचिव भूपदेव शाहले केही बाँकी कामहरू टुंग्याएर प्राविधिक र राजनीतिक पक्ष हेरी उपयुक्त समयमा राजीनामा दिने बताए। उनका अनुसार यो प्रक्रिया करिब दुई हप्ताभित्र पूरा हुने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...