News Portal

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

१५७ पटक

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संसदीय मामिला पत्रकार समाजसँग भएको छलफलका क्रममा पत्रकारहरूले संसद् भवनभित्र रिपोर्टिङ गर्दा भोग्नुपरेका विभिन्न समस्या सभामुखसमक्ष राखेका थिए। उनीहरूले छुट्टाछुट्टै प्रवेशद्वार, प्राविधिक जटिलता र सुरक्षासम्बन्धी कडाइका कारण समाचार संकलनमा असहजता भएको गुनासो गरेका थिए।

पत्रकारहरूले अन्तर्राष्ट्रिय अभ्यासअनुसार स्वतन्त्र र मर्यादित कार्य वातावरण आवश्यक रहेको पनि उल्लेख गरेका थिए। त्यसको जवाफमा सभामुख अर्यालले हाल प्रयोगमा रहेको संसद् भवन अस्थायी भएकाले केही व्यावहारिक कठिनाइ देखिएको बताए।

उनले निर्माणाधीन स्थायी संसद् भवन तयार भएपछि यस्ता समस्या स्वतः समाधान हुने विश्वास व्यक्त गरे। साथै, संसद् र प्रेसबीचको सहकार्य लोकतन्त्रका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै पत्रकारहरूको कामलाई सहज बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...