News Portal

राजनीति जब निर्ममतामा उत्रीन्छ

३३४ पटक

– कमला थापा

२०८३ वैशाख २ गते।

पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि पनि सुध्रिने मानसिक्तामा देखिएनन्। नेपाली कांग्रेस, नेकपा एमाले भित्र बढ्दै गएको तनाव दलहरुका लागि सुखद् हुन सकेन,भने एमालेभित्र चर्किंदै गएको बिवाद बिषेश अधिबेशनतर्फ उन्मुख छ। एमालेभित्र पनि हस्ताक्षर संकलनको अभ्यास सुरु भएको कुराहरु बाहिर आएका छन्।

दलिय राजनीति भनेको सहमति, सहकार्य र एकता हो। बिगत लामो समयदेखि नेताहरुले यस्लाई धेरै टाढा छोडिसकेकाले दलहरुमा अहमता, मपाईत्व, निरंकुशता र भ्रष्टाचारलाई सदाचार बनाउदा पुराना दलहरु समाप्तिको संघारमा पुगेका हुन्। सुध्रिने छांटकांट देखिदैन।

“विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेर जस्ता महानहस्ती नेताहरुको मानमर्दन गर्न नेपाली कांग्रेसकै केही कार्यकर्ता उद्वत रहदा बिषेश महाधिवेशनबाट निर्वाचनमा जांदा दोश्रो दल बन्न‌ पुगेको छ।”

नेपाली कांग्रेस जस्तो आठ दशक पार गरेको विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शमशेर जस्ता महानहस्ती नेताहरुको मानमर्दन गर्न नेपाली कांग्रेसकै केही कार्यकर्ता उद्वत रहदा बिषेश महाधिवेशनबाट निर्वाचनमा जांदा दोश्रो दल बन्न‌ पुगेको छ। अहिले संसदिय दलको नेता कस्लाई बनाउने भन्ने बिवादमा अल्झिएको देखिन्छ। यो ठुलो बिवादको बिषय बनाउनुपर्ने कुरै होइन।

“गगन थापा जन्मिनु भन्दा अगाडि राजनीतिक जगतमा सम्मान कमाई सकेका पटक-पटक मन्त्री भैसकेका ब्यक्ति हुन्। उनको परिचय गगनको ससुरा भएर होइन। यदि कोसैले अर्जुन नरसिंह केसीलाई गगन थापाको ससुरा भनेर पुकारिन्छ भने त्यो उहांको इतिहांस नपढेका र उहाँप्रति गरेको राजनीतिक अन्याय ठहर्छ।”

नेपाली कांग्रेसभित्र जितेर आएका नेताहरुमध्ये सम्मानित र खारिएका, परिपक्व राजनीतिक संस्कार भएका नेताहरुमध्ये अर्जुन नरसिंह केसी हुनुहुन्छ। उहांको तुलना अरुसंग हुन सक्दैन। संसदिय दलको नेता उहांलाई बनाउनु नेपाली कांग्रेसको सौभाग्य हो। उहांलाई गगन थापाको ससुरा भन्नेहरुलाई राम्रो हेक्का हुनुपर्छ। गगन थापा जन्मिनु भन्दा अगाडि राजनीतिक जगतमा सम्मान कमाई सकेका पटक-पटक मन्त्री भैसकेका ब्यक्ति हुन्। उनको परिचय गगनको ससुरा भएर होइन। यदि कोसैले अर्जुन नरसिंह केसीलाई गगन थापाको ससुरा भनेर पुकारिन्छ भने त्यो उहांको इतिहांस नपढेका र उहाँप्रति गरेको राजनीतिक अन्याय ठहर्छ।

अर्जुन नरसिंह केसी राजनीतिमा गहिरो दखल पुर्याएका एक सम्मानित नाम हो। उनलाई कुनै गुटबन्दीको अंस बनाएर भागबण्डामा बांडिनु हुदैन। त्यसैले राजनीति यति निर्मम र बिबेकहिन पनि नहोस्। भोलि यस्तो दृष्टिकोण राख्नेहरुको आफ्नै परिचय गुम्न नपुगोस्। राजनीति मं पाईबाट होईन, तपाईबाट सुरु हुनुपर्छ। त्यहि हुन नसक्दा को परिणाम हो अहिलेको अवस्था।

“भिडले होईन, अंकगणितले सरकार त निर्माण होला तर देश हांक्नु भनेको आन्तरिक अल्पज्ञानले मात्र पुग्दैन भू-राजनैतिक जटिलता, परिपक्व परराष्ट्र नीतिको अनुभव हुनु जरुरी देखिन्छ। त्यस्को शन्तुलन मिलाउन सरकार र पार्टिको अभिभावक भएर मात्र पुग्दैन, त्यस्को लागि राष्ट्रिय अभिभावक राजसंस्था नै चाहिन्छ।”

देश अभिभावक बिहिन अबस्थामा छ। राजनीति भनेको निर्वाचन जित्नु, पूर्ण बहुमत प्राप्त गर्नु, सरकार बनाउनु मात्र होइन। गुणात्मक परिवर्तनले मात्र सकारात्मक परिणाम दिन सक्छ। भिडले होईन, अंकगणितले सरकार त निर्माण होला तर देश हांक्नु भनेको आन्तरिक अल्पज्ञानले मात्र पुग्दैन भू-राजनैतिक जटिलता, परिपक्व परराष्ट्र नीतिको अनुभव हुनु जरुरी देखिन्छ। त्यस्को शन्तुलन मिलाउन सरकार र पार्टिको अभिभावक भएर मात्र पुग्दैन, त्यस्को लागि राष्ट्रिय अभिभावक राजसंस्था नै चाहिन्छ।

“संबैधानिक” अभिभावकको खांचो देशलाई छ। त्यो केवल राजसंस्था बाहेक अर्को हुन सक्दैन। बर्तमान बिकसित राजनीतिले जति छिटो बुझ्यो उतिनै भलाई होला। “गोल्डेन मौका हांसिल गरेको “यूवा गोल्डेन सरकारको ध्यान जाओस्।” अल्लारे पनले हूईकिएर मात्र पुग्दैन। सुझबुझ पूर्ण नेतृत्व बिकास होस्। परिस्थितिजन्य एकताको परिणाम परिपक्व बनोस्। शुभकामनासहित श्री पशुपतिनाथले यो तपोभूमिको रक्षा गरुन।
जय नेपाल।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...