News Portal

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

१९६ पटक

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार सुनको मूल्य एकैदिन तोलामा ११ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २० फागुनका लागि छापावाल सुनको भाउ प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि अघिल्लो कारोबार दिन सोही सुन ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटेसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको देखिएको छ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८१५ रुपैयाँ रहेको चाँदी बुधबार २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...