News Portal

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

२५२ पटक

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीसँग लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरूको छलफलमा सहभागी हुँदै उनले भारतसँग हवाई रुटबारे कूटनीतिक पहल अघि बढाउन ढिलाइ गर्न नहुने बताएका हुन्।

पुनले विमानस्थलमा श्रम डेस्क स्थापना गरी नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सके पर्यटन क्षेत्रलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे। त्यस्तै, उनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने शहीद मार्ग निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

रोल्पामा प्रस्तावित माडी बहुउद्देश्यीय जलविद्युत आयोजना अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए। साथै, गण्डकी आर्थिक त्रिभुज परियोजनालाई पुनः सक्रिय गर्दै भरतपुर, बुटवल र पोखरालाई आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिए देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उनको भनाइ थियो।

यसैगरी, लुम्बिनी प्रदेशलाई कृषि उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास गर्न सिँचाइ, मल, बीउ, आधुनिक उपकरण र बजार व्यवस्थापनसहितको एकीकृत योजना आवश्यक रहेको पुनले बताए। उनले सांसदको सिफारिसमा प्रत्येक निर्वाचन क्षेत्रमा विकासका केही आयोजना समेट्ने परम्परा पुनः सुरु गर्नुपर्नेमा पनि जोड दिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...