News Portal

विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

२६५ पटक

विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ। ट्रान्सफर्मर चोरीको अनुसन्धानका लागि बोलाइएका श्रमिकहरूलाई सादा पोसाकमा रहेका प्रहरीले कार्यालयभित्रै पाइप र बुट प्रयोग गरी अमानवीय कुटपिट गरेको आरोप सार्वजनिक भएको हो।

घटनामा संलग्न पीडितहरू बुढीगंगा गाउँपालिका–४ निवासी ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया हुन्। उनीहरू मोरङ–सुनसरी क्षेत्रमा ट्रान्सफर्मर मर्मत तथा जडानको ठेक्का लिएको ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’ मा कार्यरत श्रमिक हुन्।

कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार, ट्रान्सफर्मर चोरीसम्बन्धी घटनाबारे सोधपुछका लागि प्रहरीको तर्फबाट “दावा शेर्पा” नाम गरेका व्यक्तिले फोन गरी आफूहरूलाई जिल्ला प्रहरी कार्यालय बोलाएको बताइएको थियो। तर पछि इलाका प्रहरी कार्यालय रानीमै आउन भनिएको र त्यहाँ पुगी तीन श्रमिकलाई छुट्टाछुट्टै कोठामा लगेर निर्ममता पूर्वक कुटपिट गरिएको दाबी छ।

सञ्चालक मिया भन्छन्, “पहिले कासीलाई पाइपले हानियो, त्यसपछि नासिरलाई बुट र थप्पडले कुट्दा उनको कानको जाली फुट्यो। रमानलाई पनि उस्तै व्यवहार गरियो।” कुटपिटपछि तीनै जना घाइते भएका थिए भने गम्भीर घाइते नासिरलाई विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूका अनुसार, उनको कानमा गम्भीर क्षति पुगेको छ भने टाउकोमा पनि भित्री चोट लागेको आशंका गरिएको छ।

पीडितहरूका अनुसार, प्रहरीले घटना बाहिर ल्याएमा लागुऔषध मुद्दामा फसाउने धम्की समेत दिएको थियो। सोही डरका कारण उनीहरूले सुरुमा कुरा लुकाएका थिए। तर नासिर मियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गर्नु परेको हो।

उता इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भने आफू घटनासम्बन्धी कुनै जानकारीमा नरहेको प्रतिक्रिया दिएका छन्। “दावा नामको कोही प्रहरी हाम्रो कार्यालयमा छैन। ती व्यक्तिहरू यहाँ आएका थिए भन्ने कुनै रेकर्ड पनि छैन,” उनले भने, “यद्यपि, घटनाबारे जिल्लाबाट जानकारी प्राप्त भएपछि म आफैं अनुसन्धानमा जुटेको छु।”

यस घटनाले प्रहरी संगठनभित्रको अनुशासन, मानवअधिकारप्रति जवाफदेहिता र आम नागरिकको सुरक्षामाथि फेरि गम्भीर बहस उठाएको छ। पीडित पक्षले स्वतन्त्र र निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...