News Portal

१५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

४२९ पटक

विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकहरूले सफल शल्यक्रियाबाट निकालेका छन्। खेल्ने क्रममा गल्तीले निलेको कैंची पेटसम्म पुगिसकेपछि चिकित्सकको टोलीले जटिल अपरेसन गरेर बालकलाई नयाँ जीवन दिएका छन्।

प्राप्त विवरणअनुसार, असार १७ गते बालकलाई गम्भीर अवस्थामा नोबेल मेडिकल कलेज ल्याइएको थियो। घरमै टेलिभिजन हेर्ने क्रममा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र छिरेपछि उनी चिच्याउन थालेका थिए। हजुरबुबाले तत्कालै निकाल्ने प्रयास गरे पनि प्रयास असफल हुँदा कैंची झनै तल झरेर पेटको सानो आन्द्रासम्म पुगेको थियो।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बालकलाई नोबेल मेडिकल कलेज पुर्‍याइएको थियो। त्यहाँ पुग्दा उनको अवस्था चिन्ताजनक थियो। तत्क्षणै शल्यक्रिया गर्ने निर्णय लिइयो।

नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा. दिनेश अधिकारीको नेतृत्वमा भएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची सफलतापूर्वक निकालिएको हो। शल्यक्रियापछि बालकको स्वास्थ्यमा क्रमिक सुधार आएपछि केही दिनमै घर फर्काइएको छ।

अस्पतालले दिएको जानकारीअनुसार, आन्द्रासम्म पुगेको कैंची हटाउन सावधानीपूर्वक अपरेसन गरिएको थियो। यस्ता जटिल अवस्थामा सस्तोमा सेवा दिन सक्नु संस्थाको सफलताको उदाहरण भएको चिकित्सकहरूको भनाइ छ।

नोबेल मेडिकल कलेजको चिकित्सक टोलीले देखाएको तत्परताले बालकको ज्यान जोगिन सकेको छ। अहिले बालक घरमै स्वास्थ्यलाभ गरिरहेका छन् र अवस्था सामान्य रहेको जनाइएको छ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...