News Portal

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

५१ पटक

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न घुम्ती शिविर सञ्चालन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले उर्लाबारी इलाका प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रङ्गेलीमार्फत घुम्ती शिविर सञ्चालन गरी नागरिकता वितरण गर्दै आएको जनाएको छ। सेवाग्राहीहरूलाई विराटनगर धाउन नपरोस् भन्ने उद्देश्यले स्थानीय स्तरमै सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताए।

इलाका प्रशासन कार्यालय रङ्गेलीबाट आज रङ्गेली नगरपालिका–६ का कपिल कर्मकार र विदुर कर्मकारले बुबाको निधन भइसकेको र आमासँग नागरिकता भएकाले आमा फुलोदेवी मिस्त्रीको नामबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला तथा इलाका प्रशासन कार्यालय रङ्गेलीका प्रमुख रोशन अधिकारीले हस्तान्तरण गरेका हुन्।

नागरिकता वितरण कार्यमा कार्यालयका कर्मचारीहरू निर्मल खतिवडा, दाताराम श्रेष्ठ, ऋषि पोखरेल र चन्द्रप्रकाश कर्ण लगायतको सक्रिय सहभागिता रहेको थियो।

यसैबीच, अन्य २१ जनाको नागरिकता प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत भइसकेको र उनीहरूलाई पनि चैत्र ४ गते बुधबार नागरिकता वितरण गरिने इलाका प्रशासन कार्यालय रङ्गेलीका प्रमुख रोशन अधिकारीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...