News Portal

शिक्षालय र उद्योगबीच अप्रेन्टिसीप कार्यक्रम सम्पन्न

३०२ पटक

रविन्द्र बराल/ मोरङ, पुष ३ – कोशी प्रदेशको राजधानी विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा “औद्योगिक प्रशिक्षार्थी कार्यक्रम नै अबको भविष्य” भन्ने मूल नाराका साथ एक कार्यक्रम आयोजना गरिएको छ।

आदर्श अप्रेन्टिसीप अलुमनाइ एसोसिएसनको आयोजनामा शिक्षालय र उद्योगबीच सञ्चालन हुँदै आएको अप्रेन्टिसीप कार्यक्रमको समीक्षा तथा छलफल कार्यक्रम विराटनगरमा सम्पन्न भएको हो। कार्यक्रममा शिक्षालय–उद्योग सहकार्य, अप्रेन्टिसीप कार्यक्रमको प्रभावकारिता तथा यसको दीर्घकालीन महत्वका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले वर्तमान श्रम बजारको आवश्यकताअनुसार दक्ष र व्यवहारिक जनशक्ति उत्पादन गर्न अप्रेन्टिसीप कार्यक्रम अत्यन्त प्रभावकारी माध्यम भएको बताए।

सीटीईभीटी कोशी प्रदेशका उपनिर्देशक दुर्गाप्रसाद ओझाले यस्ता कार्यक्रमहरूले उद्योगको सीप माग र युवाहरूको क्षमताबीचको अन्तर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

इन्स्योर परियोजना कोशी प्रदेश प्रमुख विकास पन्थीले उद्योग, शिक्षा र सीप विकासबीचको सम्बन्धलाई व्यवहारिक रूपमा सुदृढ बनाउन यस्ता साझा कार्यक्रमहरू आवश्यक रहेको बताए। सो अवसरमा उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले उद्योग–शिक्षा सहकार्य, उत्पादकत्व अभिवृद्धि तथा सीप विकाससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले विद्यालय र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउँदै विद्यार्थीहरूलाई अध्ययनसँगै रोजगारीमुखी तथा जीवनोपयोगी सीप प्रदान गर्न अप्रेन्टिसीप कार्यक्रम प्रभावकारी रहेको बताए। उहाँले विद्यालयले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम तथा कार्यक्रम सञ्चालन गर्दै दक्ष, अनुशासित र आत्मनिर्भर जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। साथै उहाँले स्वीस सरकार, नेपाल सरकार, इन्स्योर परियोजना, उद्योग प्रतिष्ठानहरू तथा विद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

अप्रेन्टिसीप कार्यक्रम संयोजक तथा आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक इन्द्रबहादुर चौहानले अप्रेन्टिसीप कार्यक्रमले लक्षित वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उहाँले यस कार्यक्रमले कक्षाकोठा र उद्योगलाई नजिक ल्याएको र अप्रेन्टिसीपअन्तर्गत अध्ययन गरेका अधिकांश प्रशिक्षार्थीहरू हाल रोजगारीमा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो।

कार्यक्रममा विशेष प्रेरणादायी सत्रसमेत सञ्चालन गरिएको थियो, जहाँ रत्नबहादुर बुढाले युवाहरू तथा अप्रेन्टिसहरूलाई करियर लक्ष्यप्रति केन्द्रित रहन, निरन्तर परिश्रम गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिनुभयो।

साथै अप्रेन्टिसीप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। ३० भन्दा बढी आईटी संस्थाहरू, विभिन्न उद्योग प्रतिष्ठानहरू तथा इन–कम्पनी प्रशिक्षकहरूलाई आदर्श अप्रेन्टिसीप अलुमनाइ एसोसिएसनद्वारा धन्यवादपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रम आदर्श अप्रेन्टिसीप अलुमनाइ एसोसिएसनका अध्यक्ष विक्रम साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...