News Portal

प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

२७४ पटक

विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन सक्ने वातावरण आफूले सिर्जना गरिदिएको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा ल्याएको अनुभवले नै विद्याजीलाई फर्कने ढोका खोलेको दाबी गरे। “मैले उपराष्ट्रपतिजीलाई सक्रिय राजनीतिमा ल्याइसकेपछि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्याजीलाई पनि सहज भएको छ,” प्रचण्डको भनाइ थियो।

उनले संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक्ने व्यवस्था नभएको भन्दै यो स्वाभाविक कुरा भएको उल्लेख गरे।

यसअघि नेकपा एमालेले विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। तर प्रचण्डका अनुसार सदस्यता दिने निर्णय तत्कालीन अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा भएको थियो। चीन भ्रमणसमेत ओलीकै सहमतिमा भएको उनले स्मरण गरे तर भ्रमणपछि देखिएको विवादबारे विस्तृत टिप्पणी गर्न चाहेनन्।

विद्याको आगामी योजना बारे पत्रकारले राखेको प्रश्नमा उनले हालसम्म सम्पर्क नभएको प्रष्ट पारे। तर देशको राजनीतिक परिस्थिति र जनतामा बढ्दो असन्तुष्टिका कारण भण्डारीले चासो राख्नु स्वाभाविक हुने प्रचण्डको तर्क छ।

उनले अन्तर्राष्ट्रिय उदाहरण पनि दिँदै, राष्ट्रपति र प्रधानमन्त्रीबीच पुनः आवागमन हुने वा उच्च पदपछि स्थानीय तहको नेतृत्वसमेत सम्हाल्ने प्रचलन विश्वमै देखिएको बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...