News Portal

प्रचण्ड : “विद्या भण्डारीलाई राजनीतिमा फर्कने बाटो मैले सजिलो बनाइदिएको हुँ”

१९३ पटक

विराटनगर, भदौ १२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन सक्ने वातावरण आफूले सिर्जना गरिदिएको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी राजनीतिमा ल्याएको अनुभवले नै विद्याजीलाई फर्कने ढोका खोलेको दाबी गरे। “मैले उपराष्ट्रपतिजीलाई सक्रिय राजनीतिमा ल्याइसकेपछि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्याजीलाई पनि सहज भएको छ,” प्रचण्डको भनाइ थियो।

उनले संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक्ने व्यवस्था नभएको भन्दै यो स्वाभाविक कुरा भएको उल्लेख गरे।

यसअघि नेकपा एमालेले विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। तर प्रचण्डका अनुसार सदस्यता दिने निर्णय तत्कालीन अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा भएको थियो। चीन भ्रमणसमेत ओलीकै सहमतिमा भएको उनले स्मरण गरे तर भ्रमणपछि देखिएको विवादबारे विस्तृत टिप्पणी गर्न चाहेनन्।

विद्याको आगामी योजना बारे पत्रकारले राखेको प्रश्नमा उनले हालसम्म सम्पर्क नभएको प्रष्ट पारे। तर देशको राजनीतिक परिस्थिति र जनतामा बढ्दो असन्तुष्टिका कारण भण्डारीले चासो राख्नु स्वाभाविक हुने प्रचण्डको तर्क छ।

उनले अन्तर्राष्ट्रिय उदाहरण पनि दिँदै, राष्ट्रपति र प्रधानमन्त्रीबीच पुनः आवागमन हुने वा उच्च पदपछि स्थानीय तहको नेतृत्वसमेत सम्हाल्ने प्रचलन विश्वमै देखिएको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...