News Portal

ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

४३२ पटक

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन रिपोर्टर्स क्लबमा झडपसम्म पुगेको छ।

गुरुङले सम्बोधन गर्दै गर्दा बाहिरबाट आएका केही व्यक्तिहरुले संसद विघटनदेखि कार्यकारी प्रधानमन्त्रीको मुद्दासम्म विषय उठाउँदै उत्तेजित प्रतिक्रिया जनाए। वातावरण बिग्रिएपछि गुरुङले पोडियम छाड्नुपर्‍यो। तर, विवाद त्यतिमै रोकिएन, बाहिर झन् चर्कियो।

सोही भिडमा लामो कपाल पालेका प्रेम लामा युवाहरुको निशानामा परे। उनलाई लछारपछार गर्दै कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ। केही युट्युबरले समेत उक्त घटनालाई खिचेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका निवासी लामा आरआर क्याम्पसका विद्यार्थी हुन्। एमाले निकट कार्यकर्तासँग उनको नजिक सम्बन्ध रहेको देखिन्छ। हालै सार्वजनिक फोटोमा उनलाई एमाले महासचिव शंकर पोखरेलसँग देख्न सकिन्छ।

लामा सुरु देखिनै जेनजी आन्दोलनमा सक्रिय थिए। आन्दोलनकै क्रममा घाइते भएको भन्दै उनले हातमा ब्याण्डेज लगाएका थिए। तर यही हातले उनले केही दिनअघि एक जेनजी युवामाथि मुक्का प्रहार गरेको भिडियो पनि चर्चामा आएको छ।

आज भने त्यही प्रेम लामा रिपोर्टर्स क्लब बाहिर नै आक्रमणमा परेका छन्। बुझिएअनुसार उनी सुधन गुरुङको पत्रकार सम्मेलनलाई अवरोध गर्न पुगेका थिए।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...