News Portal

ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

२७३ पटक

काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन रिपोर्टर्स क्लबमा झडपसम्म पुगेको छ।

गुरुङले सम्बोधन गर्दै गर्दा बाहिरबाट आएका केही व्यक्तिहरुले संसद विघटनदेखि कार्यकारी प्रधानमन्त्रीको मुद्दासम्म विषय उठाउँदै उत्तेजित प्रतिक्रिया जनाए। वातावरण बिग्रिएपछि गुरुङले पोडियम छाड्नुपर्‍यो। तर, विवाद त्यतिमै रोकिएन, बाहिर झन् चर्कियो।

सोही भिडमा लामो कपाल पालेका प्रेम लामा युवाहरुको निशानामा परे। उनलाई लछारपछार गर्दै कुटपिट गरिएको भिडियो सार्वजनिक भएको छ। केही युट्युबरले समेत उक्त घटनालाई खिचेका छन्।

कागेश्वरी मनोहरा नगरपालिका निवासी लामा आरआर क्याम्पसका विद्यार्थी हुन्। एमाले निकट कार्यकर्तासँग उनको नजिक सम्बन्ध रहेको देखिन्छ। हालै सार्वजनिक फोटोमा उनलाई एमाले महासचिव शंकर पोखरेलसँग देख्न सकिन्छ।

लामा सुरु देखिनै जेनजी आन्दोलनमा सक्रिय थिए। आन्दोलनकै क्रममा घाइते भएको भन्दै उनले हातमा ब्याण्डेज लगाएका थिए। तर यही हातले उनले केही दिनअघि एक जेनजी युवामाथि मुक्का प्रहार गरेको भिडियो पनि चर्चामा आएको छ।

आज भने त्यही प्रेम लामा रिपोर्टर्स क्लब बाहिर नै आक्रमणमा परेका छन्। बुझिएअनुसार उनी सुधन गुरुङको पत्रकार सम्मेलनलाई अवरोध गर्न पुगेका थिए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...