News Portal

जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

२७२ पटक

संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका संखुवासभा, सिलिचोङ–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर आज गृहजिल्ला ल्याइएको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान शव ल्याइएको हो। मंगलबार खराब मौसमका कारण ल्याउन नसकिएको शव विराटनगरमा राखिएको थियो।

गाउँपालिका केन्द्र ताम्कुमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले मृतकलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। श्रद्धाञ्जली सभापछि आफन्तलाई शव बुझाइएको हो।

सिलिचोङ–३ को लकुवामा कुलुङ जातिको परम्परागत संस्कारअनुसार अन्त्येष्टि गरिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मेवाहाङले जानकारी दिए। मृतक प्रवीन किशोर कुलुङका माइला छोरा रहेको बताइएको छ।

उनको निधनले गाउँ मात्र होइन, सम्पूर्ण संखुवासभा शोकमा डुबेको छ। स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...