News Portal

जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

१९२ पटक

संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका संखुवासभा, सिलिचोङ–३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर आज गृहजिल्ला ल्याइएको छ।

जिल्ला प्रशासन कार्यालय संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान शव ल्याइएको हो। मंगलबार खराब मौसमका कारण ल्याउन नसकिएको शव विराटनगरमा राखिएको थियो।

गाउँपालिका केन्द्र ताम्कुमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले मृतकलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए। श्रद्धाञ्जली सभापछि आफन्तलाई शव बुझाइएको हो।

सिलिचोङ–३ को लकुवामा कुलुङ जातिको परम्परागत संस्कारअनुसार अन्त्येष्टि गरिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष मेवाहाङले जानकारी दिए। मृतक प्रवीन किशोर कुलुङका माइला छोरा रहेको बताइएको छ।

उनको निधनले गाउँ मात्र होइन, सम्पूर्ण संखुवासभा शोकमा डुबेको छ। स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...