News Portal

गृहपृष्ठ # पक्राउ

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही स्थानका बासिन्दा मो. सफिद मियाका छोरा, अन्दाजी २१ वर्षका मो. आविद मियालाई प्रहरीले पक्राउ गरेको हो। सोमबार राति करिब ८...बाँकी

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका–६ गुठका धनबहादुर गिरीलाई पीडित पक्षको उजुरीपछि आफ्नै घरबाट पक्राउ गरिएको हो। घटनापछि जिल्ला...बाँकी

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या भएको घटनामा नयाँ तथ्य सार्वजनिक भएको छ। प्रहरीले यस घटनाको मुख्य योजना कारागारभित्रबाटै बनेको निष्कर्ष...बाँकी

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई दाजुभाइको उपचारकै क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार झापा कमल गाउँपालिका–६ स्थायी घर भई हाल इमाडोल बसोबास...बाँकी

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। आइतबार पक्राउ परेका खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...बाँकी

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। अदालतका अनुसार ओलीको निवेदन न्यायाधीश मेघराज...बाँकी

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, यूएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका हुन्।...बाँकी

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। हिमाली सञ्चारका अनुसार अधिकारीलाई सोमबार साँझ चन्द्रागिरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी...बाँकी

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ। साम्प्रदायिक सद्भाव भंग गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा सबगढाका वडा अध्यक्ष अवध बिहारी यादव र पूर्व वडा...बाँकी

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको...बाँकी