News Portal

लागुऔषधसहित आविद पक्राउ

४६ पटक

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही स्थानका बासिन्दा मो. सफिद मियाका छोरा, अन्दाजी २१ वर्षका मो. आविद मियालाई प्रहरीले पक्राउ गरेको हो।

सोमबार राति करिब ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका उनी भारतीय नम्बर BR 38 AD 5390 को मोटरसाइकल चलाइरहेका थिए। प्रहरी टोलीलाई देख्नेबित्तिकै भाग्न खोजेपछि शंका लागेर इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश लिम्बुको नेतृत्वमा रहेको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणका क्रममा TPY54 नम्बरको पेस्तोलबाट २ राउन्ड फायर गरिएको थियो।

चेकजाँच गर्दा कालो प्लास्टिकभित्र ५ वटा पोका बनाई राखिएको ब्राउन सुगरजस्तो देखिने पदार्थ, प्लास्टिकसहित ४७५ ग्राम ८२० मिलिग्राम फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...