News Portal

गृहपृष्ठ # सम्पत्ति शुद्धीकरण

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध थप...बाँकी

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...बाँकी

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ। आइतबार पक्राउ परेका खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति...बाँकी

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर रिटको सुनुवाइ अब पूर्ण रूपमा हुने भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान...बाँकी

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ। यसअनुसार कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर यी...बाँकी

रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने र छविलाल जोशीका लागि उच्च अदालत पोखराले विशेष आदेश जारी गरेको छ। अदालतले उनीहरूद्वारा दायर पुनरावेदन निवेदनमाथिको सुनुवाइबारे तत्काल...बाँकी

रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त...बाँकी

सूर्यदर्शन प्रकरण: रवि लामिछानेपक्षका वकिलहरूको बहस आज

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत...बाँकी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: बयान जारी

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको बयान मंगलबार पनि कास्की जिल्ला अदालतमा जारी रहने भएको छ। सोमबार छविलाल जोशीको बयान लिइएकोमा मंगलबार रास्वपा सभापति रवि लामिछाने लगायतको बयान हुने बताइएको छ।...बाँकी

रवि लामिछानेको सांसद पद निलम्बनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रतिनिधि सभा सांसद पद निलम्बनमा परेको छ। कास्की जिल्ला अदालतमा आइतबार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता भएको हो। सम्पत्ति शुद्धीकरण...बाँकी