News Portal

रवि लामिछाने विरुद्धको थुनछेक बहस सम्पन्न

सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछानेविरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ।

संगीता गुरुङ
२३२ पटक

काठमाडौँ – सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण अभियोगमा रवि लामिछाने विरुद्ध थुनछेक बहस मंगलबार सम्पन्न भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा रविका तर्फबाट वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे, डा. नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता घिमिरेले अभियोग पत्रमा समेटिएका प्रमाण र कानुनी दफाबीच कुनै सम्बन्ध नभएको तर्क गरे। उनले प्रमाणलाई “आत्मघाती” भन्दै, रविलाई थुनामा राख्ने कानुनी आधार नरहेको दाबी गरे।

अधिवक्ता कँडेलले रवि सहकारीका सदस्य, ऋणी वा सञ्चालक नभएकाले अभियोग नै लाग्न नसक्ने जिकिर गरे। अन्य अधिवक्ताहरूले “पिक एन्ड चुज” आधारमा रविलाई लक्षित गरिएको आरोप लगाए।

अब अन्य प्रतिवादीका कानुन व्यवसायीको बहस र सरकारी वकिल तथा पीडित पक्षको जवाफ बयानपछि अदालतले थुनछेक आदेश दिनेछ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...