News Portal

रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

हिमालीसंचार संवाददाता
३९४ पटक

पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने र छविलाल जोशीका लागि उच्च अदालत पोखराले विशेष आदेश जारी गरेको छ। अदालतले उनीहरूद्वारा दायर पुनरावेदन निवेदनमाथिको सुनुवाइबारे तत्काल जानकारी गराउन सम्बन्धित कारागारलाई निर्देशन दिएको हो।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै, लामिछाने र जोशी हाल रुपन्देहीको कारागारमा थुनामा रहेको जानकारीको आधारमा कारागार कार्यालयमार्फत सुनुवाइसम्बन्धी सूचना छिटो पठाउन आदेश दिएको हो।

उक्त मुद्दा कास्कीको सूर्यदर्शन सहकारीमा रकम अपचलन तथा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा दर्ता भएको हो। कास्की जिल्ला अदालतले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उक्त आदेशप्रति असहमति जनाउँदै दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन निवेदन दर्ता गरेका थिए।

लामिछाने पक्षले अदालतमा पेश गरेको निवेदनमा धरौटी आदेश खारेज गरी साधारण तारेखमा छाड्न आग्रह गरिएको छ भने सरकारी वकिलको कार्यालय र जाहेरवालाहरूले भने उनलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन्।

शुक्रबारको सुनुवाइमा लामिछाने र जोशीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले थुनामा रहेका प्रतिवादीलाई जानकारी नै नदिई सुनुवाइ प्रक्रिया अगाडि बढाइएको भन्दै आपत्ति जनाएका थिए। उनीहरूले प्रक्रिया पारदर्शी हुनुपर्ने माग गर्दै सोही दिन सुनुवाइ स्थगित गर्न आग्रह गरेका थिए।

उता, वादी पक्षबाट उपन्यायाधिवक्ताद्वय सुरेन्द्रराज काफ्ले र दशरथ पंगेनीले अदालतमा आफ्नो पक्षबाट बहस प्रस्तुत गरेका थिए।

अदालतले रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी छिटो दिन निर्देशन दिएको छ भने अन्य प्रतिवादीहरू — आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाइं र कृष्णबहादुर गुरूको सुनुवाइ आइतबारका लागि तोकेको छ।

यस मुद्दालाई उच्च अदालतले विशेष प्राथमिकतामा राख्दै हेर्दाहेर्दैमा राखेको जनाएको छ। सुनुवाइको बाँकी चरणमा के हुने हो भन्ने चासो अहिले कानुनी वृत्तमा तीव्र रूपमा फैलिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...