News Portal

सूर्यदर्शन प्रकरण: रवि लामिछानेपक्षका वकिलहरूको बहस आज

आज (सोमबार) लामिछाने पक्षका १७ जना वकिल, जसमा वरिष्ठ अधिवक्ता लगायत अरु वकिलहरु बहस गर्ने तयारी छ।

संगीता गुरुङ
२०० पटक

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जना विरुद्ध दर्ता भएको मुद्दामा गत मंगलबार देखि बहस भइरहेको छ।

सरकारी वकिल र पीडिततर्फका वकिलहरूको बहसपछि प्रतिवादीतर्फका वकिलहरूले बहस सुरु गरेका छन्। आइतबार प्रतिवादी छबिलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुनको दुरुपयोग भएको भन्दै अनुसन्धान माथि प्रश्न उठाए।

आज (सोमबार) लामिछाने पक्षका १७ जना वकिल, जसमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, डा. नारायण घिमिरे लगायत छन्, बहस गर्ने तयारी छ।

लामिछाने माथि ३ करोड ३७ लाखको सहकारी ठगी र २७ करोड ८९ लाखको सम्पत्ति शुद्धीकरणको बिगो दाबी गरिएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...