News Portal

गृहपृष्ठ # शेरबहादुर देउवा

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरमाथि पनि कारबाही गर्ने निर्णय गरेको हो। पार्टीभित्र...बाँकी

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेटेर विशेष महाधिवेशनको विषयमा छलफल गरेका छन्। उनीहरूले चुनाव भइसकेको अवस्थामा विशेष महाधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्टता खोजेका...बाँकी

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला आज देउवाको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए। भेटका...बाँकी

नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय समिति बैठकलाई विशेष बनायो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका बैठकले सर्वसम्मत रूपमा पारित गर्यो। यसअनुसार आगामी पुस...बाँकी

गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको बताएका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा...बाँकी

गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको म्याद सकिनु अघि नै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने अडान लिँदै हस्ताक्षर अभियान सञ्चालन गरेपछि पार्टीभित्र...बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्। देउवा भदौ २४ गतेको...बाँकी

देउवा दम्पत्तीमाथि आक्रमण गर्नेहरूलाई कारबाहीको माग गर्दै नेविसंघको पत्र

काठमाडौं, असोज ३१ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न माग गरेको छ।...बाँकी

कांग्रेसमा महाधिवेशनको बहस : देउवाको जवाफ– “सल्लाह गरेर अघि बढौंला”

काठमाडौं, असोज २८ – नेपाली कांग्रेसमा महाधिवेशनको विषयले फेरि आन्तरिक तनाब बढाएको छ। केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच सानेपाबाहिर भेटवार्ता भएको छ। भेटमा दुवै महामन्त्रीले मंसिरभित्र...बाँकी

अस्पतालमा उपचाररत देउवाले सामाजिक सञ्जालमार्फत शुभकामना पठाए

काठमाडौं, असोज १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुखद भएको बताएका छन्। बडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले पर्वले समाज, संस्था, परिवार र व्यक्तिहरूबीच आपसी...बाँकी