News Portal

गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

१८३ पटक

काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बन्न दिनु आफ्नो जीवनको सबैभन्दा ठूलो राजनीतिक गल्ती भएको बताएका छन्।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूले सभापतिमा उम्मेदवारी नदिई महामन्त्रीमा लड्ने निर्णय नै गलत भएको स्वीकार गरे। उनले भने, “२०६८ सालदेखि नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने कुरा गर्दै आएको हुँ, तर १४औँ महाधिवेशनमा पुरानै नेतामाथि भर पर्नु अहिले आएर ठुलो भूल साबित भयो।”

थापाले पार्टीभित्र वरिष्ठ नेताहरूको प्रभाव कम गर्न नसकिएको र स्थानीय तहका गलत निर्णयका कारण कांग्रेसले ठूलो मूल्य चुकाउनुपरेको बताए। उनका अनुसार, उनले सभापतिलाई पहिले नै सचेत गराए पनि सुझाव बेवास्ता गरिएको थियो।

संघ र प्रदेश निर्वाचनमा बनेको पाँचदलीय गठबन्धनबारे पनि उनले असन्तुष्टि जनाए। “त्यसबेला मैले माओवादी केन्द्रसँग गठबन्धन गर्नु हुँदैन भनेको थिएँ। एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा थिएँ, तर बाहिर बोल्न नखुल्नु अर्को गल्ती रह्यो,” उनले भने।

थापाले अब कांग्रेसले पुरानो सोच र नेतृत्त्वको छायाबाट मुक्त भई नयाँ पुस्ता र ऊर्जाशील नेतृत्वमार्फत रूपान्तरणको बाटो लिनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...