News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

१९१ पटक

काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनीसँग उनकी पत्नी डा. आरजु राणासमेत साथ रहेकी छन्।

देउवा भदौ २४ गतेको प्रदर्शनका क्रममा आक्रमणमा परेका थिए। धारिलो हतियार प्रहार हुँदा उनको टाउकोमा चोट लागेर १२ टाँका लगाइएको थियो। त्यसपछि उनले छाउनीस्थित सैनिक अस्पतालमा लामो समय उपचार गराएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठमठम हिँड्दै विमानमा चढेका देउवा सिंगापुर पुग्दा भने ह्विलचियरमा देखिएका छन्। चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा उनी र आरजु दुवै ह्विलचियरको सहारामा बाहिरिएका तस्बिर सुवास कार्कीले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवा चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सिंगापुर गएको जानकारी दिइएको छ। कांग्रेसले सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेको छ।

देउवा सिंगापुरमा कति समय बस्ने भन्नेबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रतिकृया दिनुहोस्

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...