
काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेटेर विशेष महाधिवेशनको विषयमा छलफल गरेका छन्। उनीहरूले चुनाव भइसकेको अवस्थामा विशेष महाधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्टता खोजेका हुन्।
सभापति शेरबहादुर देउवालाई भेटेर आएका करिब २५ केन्द्रीय सदस्यले महामन्त्रीद्वयलाई पनि भेटेर पुस १६ देखि तय भएको अधिवेशन किन प्रभावित भयो र त्यसको सूचना किन प्रकाशित भएन भनेर प्रश्न गरेका थिए।
केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार, बैठकमा पार्टी एकता कायम राख्ने उपाय, विशेष महाधिवेशनको निकास र आगामी रणनीतिका विषयमा छलफल गरिएको थियो। महामन्त्रीहरूले विशेष महाधिवेशन पार्टी विभाजनको प्रयास नभएको जानकारी गराएका छन् भने सभापति देउवाले यसअघि नै विशेष महाधिवेशन हुँदैन भनी स्पष्ट पारेका छन्।