News Portal

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

२५४ पटक

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग भेटेर विशेष महाधिवेशनको विषयमा छलफल गरेका छन्। उनीहरूले चुनाव भइसकेको अवस्थामा विशेष महाधिवेशन कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्टता खोजेका हुन्।

सभापति शेरबहादुर देउवालाई भेटेर आएका करिब २५ केन्द्रीय सदस्यले महामन्त्रीद्वयलाई पनि भेटेर पुस १६ देखि तय भएको अधिवेशन किन प्रभावित भयो र त्यसको सूचना किन प्रकाशित भएन भनेर प्रश्न गरेका थिए।

केन्द्रीय सदस्य डिला संग्रौलाका अनुसार, बैठकमा पार्टी एकता कायम राख्ने उपाय, विशेष महाधिवेशनको निकास र आगामी रणनीतिका विषयमा छलफल गरिएको थियो। महामन्त्रीहरूले विशेष महाधिवेशन पार्टी विभाजनको प्रयास नभएको जानकारी गराएका छन् भने सभापति देउवाले यसअघि नै विशेष महाधिवेशन हुँदैन भनी स्पष्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...