News Portal

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

६० पटक

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला आज देउवाको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए।

भेटका क्रममा कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरण प्रक्रियामा देखिएको अव्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। उनले सिरियल नम्बर नहालेका फारम जिल्ला–जिल्लामा पठाइँदा पार्टी संगठनभर अन्योल र समस्या बढेको बताए। त्यस्ता फारमका आधारमा महाधिवेशनको प्रक्रिया सुरु गर्न नसकिने भन्दै तत्काल फिर्ता गराई नयाँ फारम पठाउन सभापति देउवालाई आग्रह गरेका छन्।

अनुशासन समितिले गरेको कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराएका छन्। २०७९ को निर्वाचनका बेला गठबन्धनसँग जोडिएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने उनको धारणा थियो। सबै नेता–कार्यकर्तामाथि लगाइएका कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी निर्वाचनको तयारीमा केन्द्रित गरिनुपर्ने उनले बताए।

भेटमा पार्टीभित्र देखिएका विवाद र संगठनात्मक समस्या समाधानका विषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...