News Portal

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

२६१ पटक

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला आज देउवाको निवासमा पुगेर भेट गरेका हुन्। भेटमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल पनि सहभागी थिए।

भेटका क्रममा कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरण प्रक्रियामा देखिएको अव्यवस्थाबारे गम्भीर चासो व्यक्त गरेका छन्। उनले सिरियल नम्बर नहालेका फारम जिल्ला–जिल्लामा पठाइँदा पार्टी संगठनभर अन्योल र समस्या बढेको बताए। त्यस्ता फारमका आधारमा महाधिवेशनको प्रक्रिया सुरु गर्न नसकिने भन्दै तत्काल फिर्ता गराई नयाँ फारम पठाउन सभापति देउवालाई आग्रह गरेका छन्।

अनुशासन समितिले गरेको कारबाहीका विषयमा पनि कोइरालाले देउवाको ध्यानाकर्षण गराएका छन्। २०७९ को निर्वाचनका बेला गठबन्धनसँग जोडिएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने उनको धारणा थियो। सबै नेता–कार्यकर्तामाथि लगाइएका कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी निर्वाचनको तयारीमा केन्द्रित गरिनुपर्ने उनले बताए।

भेटमा पार्टीभित्र देखिएका विवाद र संगठनात्मक समस्या समाधानका विषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...