आज : २०२६-१०-१३, मङ्गलबार

बडादसैँको उल्लाससँगै साहित्यिक उपहार: असोज २९ गते सुजन कँडेलको ‘सिमली’ लोकार्पण हुँदै

काठमाडौ ।हिमाली संचारका सम्पादक तथा साहित्यकार सुजन कँडेलद्वारा लिखित नयाँ साहित्यिक कृति ‘सिमली’ यही असोज २९ गते चितवनको भरतपुरमा लोकार्पण हुने भएको छ।

बडादसैँ–२०८३ को पावन अवसरमा हार्दिक शुभकामनासहित आयोजना गर्न लागिएको कृति लोकार्पण कार्यक्रम बिहान ७:४५ बजे भरतपुरस्थित होटल अशोकामा हुनेछ।

‘शब्द, संवेदना र सिमलीका फूलहरू मनको बगैँचामा…’ भन्ने भावपूर्ण सन्देश बोकेको ‘सिमली’ ले शब्द, भावना र मानवीय संवेदनालाई साहित्यिक अभिव्यक्तिमार्फत पाठकमाझ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

पुस्तकको आकर्षक आवरणमा प्रकृति, फूल र मानवीय भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। कृतिको आवरणमा समेटिएको सन्देशले शब्दहरू क्षणिक रूपमा हावासँगै उडे पनि तिनले मनमा गहिरो छाप छोड्ने भाव व्यक्त गरेको छ।

लेखक कँडेलको यस कृतिको लोकार्पण कार्यक्रमलाई साहित्यप्रेमी, लेखक, पाठक तथा शुभेच्छुकहरूका लागि भेटघाट र साहित्यिक उत्सवका रूपमा लिइएको छ।

आयोजकले बडादसैँको पावन अवसरमा सम्पूर्ण साहित्यप्रेमी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कृति लोकार्पण समारोहको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रम विवरण
-कृति: सिमली
– लेखक:सुजन कँडेल
– मिति:२०८३ असोज २९ गते
– समय:बिहान ७:४५ बजे
– स्थान:होटल अशोका, भरतपुर, चितवन