News Portal

नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

२०७ पटक

काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय समिति बैठकलाई विशेष बनायो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका बैठकले सर्वसम्मत रूपमा पारित गर्यो। यसअनुसार आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन तय भएको छ।

यही बीच महामन्त्री गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ चासो पैदा गर्यो। थापाले कार्यतालिकामा आफ्नो धारणा राख्न बोल्न खोजे पनि कार्यवाहक सभापतिले लेखेर पेश गर्न आग्रह गरेपछि उनले लिखित प्रस्ताव दर्ता गराए।

पार्टीको एक केन्द्रीय सदस्यका अनुसार, थापाको प्रस्तावको मुख्य बुँदा नियमित महाधिवेशन कुनै पनि कारणले रोकिन नपर्ने र रोकिएमा स्वतः विशेष महाधिवेशनको प्रक्रिया सुरु हुने विषयमा केन्द्रित छ।

पछिल्लो केही दिनदेखि नियमित र विशेष महाधिवेशनबारे नेताहरूबीच मतभेद बढेको छ। संस्थापनइतर समूहले कार्यतालिका स्पष्ट र विश्वसनीय नभए विशेष महाधिवेशनमा जाने चेतावनी दिँदै आएको छ।

सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा समेत दुवै पक्षबीच स्पष्ट मतभेद देखियो। देउवानिकट नेताहरूले विशेष महाधिवेशनका हस्ताक्षर फिर्ता गरेर मात्रै नियमित महाधिवेशन स्थिर रूपमा अघि बढ्न सक्ने तर्क राखे। तर महामन्त्री थापा र शर्माले हस्ताक्षर फिर्ता नहुने अडान लिएपछि देउवाले यथास्थितिमा नै नियमित महाधिवेशनको तयारी अघि बढाउन निर्देशन दिए।

देउवाको निर्णयपछि पूर्वअडानमा रहेका विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि नियमित महाधिवेशनकै पक्षमा उभिएका छन्।

अन्ततः कार्यवाहक सभापति खड्काले पेश गरेको कार्यतालिका केन्द्रीय समितिबाट पारित भएपछि कांग्रेस अब तय भइसकेको मितिमा महाधिवेशनको तयारीतर्फ अगाडि बढिसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...