News Portal

  • नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

    ४० पटक

    काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय समिति बैठकलाई विशेष बनायो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशन कार्यतालिका बैठकले सर्वसम्मत रूपमा पारित गर्यो। यसअनुसार आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन तय भएको छ।

    यही बीच महामन्त्री गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ चासो पैदा गर्यो। थापाले कार्यतालिकामा आफ्नो धारणा राख्न बोल्न खोजे पनि कार्यवाहक सभापतिले लेखेर पेश गर्न आग्रह गरेपछि उनले लिखित प्रस्ताव दर्ता गराए।

    पार्टीको एक केन्द्रीय सदस्यका अनुसार, थापाको प्रस्तावको मुख्य बुँदा नियमित महाधिवेशन कुनै पनि कारणले रोकिन नपर्ने र रोकिएमा स्वतः विशेष महाधिवेशनको प्रक्रिया सुरु हुने विषयमा केन्द्रित छ।

    पछिल्लो केही दिनदेखि नियमित र विशेष महाधिवेशनबारे नेताहरूबीच मतभेद बढेको छ। संस्थापनइतर समूहले कार्यतालिका स्पष्ट र विश्वसनीय नभए विशेष महाधिवेशनमा जाने चेतावनी दिँदै आएको छ।

    सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा समेत दुवै पक्षबीच स्पष्ट मतभेद देखियो। देउवानिकट नेताहरूले विशेष महाधिवेशनका हस्ताक्षर फिर्ता गरेर मात्रै नियमित महाधिवेशन स्थिर रूपमा अघि बढ्न सक्ने तर्क राखे। तर महामन्त्री थापा र शर्माले हस्ताक्षर फिर्ता नहुने अडान लिएपछि देउवाले यथास्थितिमा नै नियमित महाधिवेशनको तयारी अघि बढाउन निर्देशन दिए।

    देउवाको निर्णयपछि पूर्वअडानमा रहेका विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि नियमित महाधिवेशनकै पक्षमा उभिएका छन्।

    अन्ततः कार्यवाहक सभापति खड्काले पेश गरेको कार्यतालिका केन्द्रीय समितिबाट पारित भएपछि कांग्रेस अब तय भइसकेको मितिमा महाधिवेशनको तयारीतर्फ अगाडि बढिसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    श्रीमानको उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको कटहरी गाउँपालिका–२, आदर्श टोलमा बसेका सुर्यनारायण राजवंशी पछिल्लो दुई वर्षदेखि...

    सिजुवा प्रहरी प्रमुख कैलाश लिम्बु लागुऔषध नियन्त्रणमा सक्रिय

    रबिन्द्र बराल/मोरङ, मंसिर १६ – मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले नेपालमा प्रतिबन्धित लागुऔषध ओसारपसार गर्ने व्यक्तिहरूलाई...

    सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

    धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक...

    नेपाली कांग्रेस: महाधिवेशन तयारी तिव्र, गगन थापाको अतिरिक्त प्रस्तावले बैठकमा नयाँ मोड

    काठमाडौं, मंसिर १६ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र चलिरहेको बहसले सोमबारको केन्द्रीय...

    आज २०८२ साल मंसिर १६ गतेको राशिफल

    आज मंसिर १६, २०८२ (डिसेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...