News Portal

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

३२३ पटक

काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार आन्दोलनको क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

भदौ २३ गतेदेखि भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनमा विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र प्रहरीसँगको झडप भइरहेका छन्। यसै क्रममा धेरैले ज्यान गुमाएको जनाइएको छ।

मृतकको पहिचान पूरा भइसकेको छैन। आगलागी भएको क्षेत्रमा अझै शव भेटिने क्रम जारी छ। आज बिहान मात्र चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रमा थप ६ शव फेला परेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...