News Portal

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

२७१ पटक

काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्ने कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यस्तो जानकारी दिएका हुन्।

उनका अनुसार आन्दोलनको क्रममा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन्। साथै १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।

भदौ २३ गतेदेखि भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलनमा विभिन्न ठाउँमा प्रदर्शन, आगजनी र प्रहरीसँगको झडप भइरहेका छन्। यसै क्रममा धेरैले ज्यान गुमाएको जनाइएको छ।

मृतकको पहिचान पूरा भइसकेको छैन। आगलागी भएको क्षेत्रमा अझै शव भेटिने क्रम जारी छ। आज बिहान मात्र चाबहिल चुच्चेपाटीस्थित भाटभटेनी क्षेत्रमा थप ६ शव फेला परेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...