News Portal

पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

३२१ पटक

काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण गर्न थालिएको छ। महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरी प्रहरीले शव परिवारलाई दिएका हुन्। सोमबारको आन्दोलनमा केही युवाहरू प्रहरीको गोली लागेर मारिएका थिए।

केन्द्रीय प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म देशभर ५१ जनाको मृत्यु भएको छ। तर, प्रवक्ता डीआईजी विनोद घिमिरेले सबै मृतक जेनजी आन्दोलनकारी नभएको जानकारी दिएका छन्। सार्वजनिक विवरणमा १८ जनाको पहिचान अझै खुलिसकेको छैन भने बाँकी ३२ मध्ये सबै जेनजी आन्दोलनकारी नभएको उनले स्पष्ट पारे।

घिमिरेका अनुसार, आन्दोलनमा मारिएका केही व्यक्तिहरू हुलमुलमा परेका थिए, र तिनीहरूको पहिचान खुलाउने प्रक्रिया सुरु भइसकेको छ। त्यस्तै, आन्दोलनका क्रममा केही भारतीय नागरिक पनि मृत्यु भएको पुष्टि गरिएको छ।

प्रतिकृया दिनुहोस्

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...