News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहँदै आएका बस्यालले शुक्रबार बिहान ८ः५० बजे सुर्खेतको...बाँकी

    ओलीविनाको एमाले, एमालेविनाको समृद्ध नेपाल — सम्भव छैन : पोलिटब्युरो सदस्य निरुदेवी पालको स्पष्ट भनाइ

    कन्चनपुर, साउन २३ — नेकपा एमालेका पोलिटब्युरो सदस्य निरुदेवी पालले अध्यक्ष केपी शर्मा ओली बिना एमालेको अस्तित्व नै असम्भव भएको र एमाले बिना नेपालको समृद्धिको कल्पना नै गर्न नहुने धारणा व्यक्त गरेकी छन्। सुदूरपश्चिम प्रदेशमा...बाँकी

    कांग्रेसको निर्देशन : रामहरि खतिवडालाई छिट्टै राजीनामा दिनुपर्ने

    काठमाडौं, साउन २३ – नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ। पार्टीको भित्री छलफल र संसदीय छानविन समितिको प्रतिवेदनले खतिवडालाई पदबाट हटाउनुपर्ने...बाँकी

    ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने कानुन ल्याउने तयारी, सरकारले विधेयक सार्वजनिक गर्दै राय संकलन सुरु

    काठमाडौं, साउन २३ – नागरिकको फोन तथा सञ्चार सञ्जालमा निगरानी गर्ने अधिकारसहितको कानुनी व्यवस्था ल्याउने सरकारको पुरानो प्रयास ६ वर्षपछि पुनः अघि बढाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था...बाँकी

    विद्या भण्डारी समूहले बानेश्वरमा खोले सम्पर्क कार्यालय, तीन दशकअघिको घरमै फेरि गुञ्जिने राजनीति

    काठमाडौं, साउन २२ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै उनको समूहले काठमाडौंको बानेश्वर हाइटस्थित थापा गाउँमा सम्पर्क कार्यालय खोल्ने तयारी तीव्र बनाएको छ। चार तले एउटा पुरानो घर भाडामा लिएर...बाँकी

    रुपन्देही कारागारमा रवि भेटेपछि बाबुरामको टिप्पणी : “पत्रिका पढ्नसमेत नदिइएको अचम्म लाग्यो”

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार रूपन्देही कारागार पुगे। भेटपछिको प्रतिक्रिया दिँदै डा. भट्टराईले रविको थुनावन्दी अवस्था गम्भीर रूपमा...बाँकी

    सबै नेपालीका लागि पूर्वसूचना पुग्नेछ पाँच वर्षभित्र : गृहमन्त्री लेखक

    काठमाडौं, साउन २२ – जलवायुको बदलिंदो मिजाज र प्रकृतिको अनपेक्षित रूप—यी दुबैलाई समयमै चिन्ने आँखा अब प्रत्येक नेपालीसँग हुने गृहमन्त्री रमेश लेखकले घोषणा गरेका छन्। ‘सबैका लागि पूर्वसूचना’ भन्ने राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले भने,...बाँकी

    रवि लामिछानेले थुनामुक्तिको माग गर्दै अदालतमा निवेदन, गुपचुप राखिएको विषय अहिले सार्वजनिक

    बुटवल, साउन २२ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणजस्ता गम्भीर आरोपमा थुनामा रहेका बेला आफूलाई थुनामुक्त गरियोस् भन्ने मागसहित रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्। लामिछानेले आफू...बाँकी

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको प्रतिवेदनमा आफ्नो नाम स्पष्ट रूपमा नउल्लेख भएको भन्दै राजीनामाको मागलाई स्पष्ट अस्वीकार गरेका छन्। प्रतिनिधि सभामा प्रतिवेदन पेस भएको केही...बाँकी

    विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

    काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत देखिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि गृहमन्त्री रमेश लेखकले जनचासो र असन्तोषलाई सम्बोधन गर्दै कानुन संशोधनको प्रक्रिया...बाँकी