News Portal

विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

३७९ पटक

काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत देखिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि गृहमन्त्री रमेश लेखकले जनचासो र असन्तोषलाई सम्बोधन गर्दै कानुन संशोधनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिए।

मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, देवानी संहिता, देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानुनहरूमा संशोधन गर्नका लागि विधेयक समितिभित्र उपसमिति गठन गरिएको छ। गृहमन्त्री लेखकका अनुसार यी विषयहरूमा हाल सामाजिक तहमा प्रश्न उठिरहेको छ, जसलाई बेवास्ता गर्न नसकिने भएकोले सरकारले औपचारिक प्रक्रिया अघि बढाएको हो।

“बहुविवाह, विवाहको न्यूनतम उमेर, अग्रिम जमानतको व्यवस्था र सजाय माफीसम्बन्धी कानुनी बुँदाहरूमा जनस्तरबाट चासो आएको छ,” मन्त्री लेखकले पत्रकारहरूसँग भने, “त्यही भएर हामीले विधेयक समितिमा उपसमिति गठन गरी कानुन पुनरावलोकन गर्ने निर्णय गरेका छौं।”

उनका अनुसार अब उपसमितिले सम्बन्धित मन्त्रालयहरू, कानुन आयोग तथा महान्यायाधिवक्ताको कार्यालयसँग परामर्श गरेर कानुनमा आवश्यक सुधार गर्नेछ। कानुन मन्त्रालयसमेतको संलग्नतामा विधेयक समितिका सचिवले समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

गृहमन्त्री लेखकको भनाइमा, कुनै पनि सजाय माफी वा मुल्तवी सम्बन्धी कानुनी व्यवस्था संविधानले राष्ट्रपतिलाई दिएको अधिकार हो। तर ती अधिकार कार्यान्वयनका क्रममा कानुनी स्पष्टता र पारदर्शिता आवश्यक भएकाले यो विषय थप छलफल र संशोधनको माग गरिरहेको हो।

“हामी कानुन जनताको हितमा बनाउँछौं, डराउनु पर्ने कुनै कुरा छैन,” गृहमन्त्री लेखकले थपे, “कानुनमा कमजोरी आएको छ भन्ने कुरा मान्न तयार छौं र त्यसलाई सुधार्न हामी तयार छौं।”

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...