News Portal

गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

२३९ पटक

काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार करोड रुपैयाँ नगदसहित पक्राउ परेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले सोमबार बिहान घरमा छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रेष्ठले सुनका गरगहना धितो राखेर उच्च ब्याजमा रकम लगानी गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमै उनी मिटरब्याज कारोबारमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

बरामद नगदमध्ये हालसम्म ३ करोड ७५ लाख रुपैयाँको विवरण प्राप्त भएको र थप सुनका गरगहनाको तौल तथा परीक्षण अझै जारी रहेको प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

विशेष सूचनाका आधारमा गरिएको छापामारीबाट ठूलो परिमाणको नगद र गरगहना बरामद भएपछि प्रहरीले यसलाई अनुचित लेनदेनसँग जोडेको छ। अनुसन्धानका क्रममा श्रेष्ठको गोरखामा पनि घर रहेको खुलेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...