News Portal

उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

२१७ पटक

उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ स्कुलका प्रधानाध्यापक पक्राउ परेका छन्।

बेलका नगरपालिका–२, कन्चनजङ्गा टोलका ४७ वर्षीय युवराज श्रेष्ठलाई प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको हो। उनी हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति करिब १०:४५ बजे घटना भएको भन्दै पीडित पक्षले आइतबार साँझ जाहेरी दिएका थिए। जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीबाट खटिएको टोलीले श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको हो।

पीडित बालिकाकी भाउजूले आइतबार साँझ करिब साढे ६ बजे प्रहरीमा उजुरी दर्ता गरेकी थिइन्। त्यसपछि राति नै पक्राउ गरिएका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिए।

स्थानीयहरूले सुरुवातमा घटनालाई लुकाउने प्रयास गरिएको तर कुरा बाहिरिएपछि दोषी उम्कन नसकेको बताएका छन्। उनीहरूका अनुसार केही जनप्रतिनिधिहरूमार्फत पीडित पक्षलाई दबाब दिने चेष्टा भए पनि अन्ततः घटना सार्वजनिक भएपछि प्रधानाध्यापक पक्राउ परेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...