News Portal

आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

३२० पटक

रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका आठवटा कक्षामा अहिलेसम्म पनि पंखा जडान नभएपछि विद्यार्थीहरूले गर्मीको समयमा किताब कापीले हम्केर पठनपाठन गर्न बाध्य छन्। यो विद्यालय २००९ सालमा स्थापना भएको हो।

विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म १ सय १० जना विद्यार्थीहरू अध्ययन गर्छन्। दैनिक ६०–७० जना विद्यार्थीहरु मात्रै उपस्थित हुने गरेका छन्। उनीहरूले प्रयोग गर्ने पानी पनि आईरनयुक्त भएकोले पिउनुपर्ने बाध्यता छ भने शौचालय जान पनि पालो कुर्दै बस्नुपर्ने अवस्था छ। अति विपन्न परिवारका बालबालिकाहरू मुख्य रूपमा यो विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्, विद्यालयका प्राध्यापक मोहम्मद कासिम उद्विमले बताए।

विद्यालयको संरचना ८ कट्ठा १८ धुर जग्गामा रहेको छ भने पूर्वपट्टि थप १० कट्ठा १८ धुर जग्गा छ। विद्यालयको आम्दानीको स्रोत उक्त खेतबाट वार्षिक ७ हजार रुपैयाँ मात्र आएको र नेपाल सरकारले वार्षिक १५ हजार रुपैयाँ विभिन्न खर्चका लागि दिएकोले विद्यालयले सबै व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको प्रा. कासिमले बताए।

गर्मीको समयमा कक्षामा पंखा नहुदा अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने गरेका छन्। प्रा. कासिमले नेपाल सरकारले शिक्षामा लाखौं रुपैयाँ लगानी गरे पनि पावर र पहुँच भएका विद्यालयहरूका लागि मात्र पुग्ने गरेको र पहुँच नहुने विद्यालयहरू सबै पक्षबाट अपहेलित हुनुपर्ने अवस्था रहेको बताए।

बडा अध्यक्ष जिमारत मियाँका अनुसार, उक्त विद्यालयमा पंखा जडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ र चाँडै बालबालिकाहरूको पठनपाठन र गर्मिबाट राहतका लागि आवश्यक कदम चालिने प्रतिवद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...