News Portal

  • आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    ६० पटक

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका आठवटा कक्षामा अहिलेसम्म पनि पंखा जडान नभएपछि विद्यार्थीहरूले गर्मीको समयमा किताब कापीले हम्केर पठनपाठन गर्न बाध्य छन्। यो विद्यालय २००९ सालमा स्थापना भएको हो।

    विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म १ सय १० जना विद्यार्थीहरू अध्ययन गर्छन्। दैनिक ६०–७० जना विद्यार्थीहरु मात्रै उपस्थित हुने गरेका छन्। उनीहरूले प्रयोग गर्ने पानी पनि आईरनयुक्त भएकोले पिउनुपर्ने बाध्यता छ भने शौचालय जान पनि पालो कुर्दै बस्नुपर्ने अवस्था छ। अति विपन्न परिवारका बालबालिकाहरू मुख्य रूपमा यो विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्, विद्यालयका प्राध्यापक मोहम्मद कासिम उद्विमले बताए।

    विद्यालयको संरचना ८ कट्ठा १८ धुर जग्गामा रहेको छ भने पूर्वपट्टि थप १० कट्ठा १८ धुर जग्गा छ। विद्यालयको आम्दानीको स्रोत उक्त खेतबाट वार्षिक ७ हजार रुपैयाँ मात्र आएको र नेपाल सरकारले वार्षिक १५ हजार रुपैयाँ विभिन्न खर्चका लागि दिएकोले विद्यालयले सबै व्यवस्थापन गर्नु पर्ने बाध्यता रहेको प्रा. कासिमले बताए।

    गर्मीको समयमा कक्षामा पंखा नहुदा अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने गरेका छन्। प्रा. कासिमले नेपाल सरकारले शिक्षामा लाखौं रुपैयाँ लगानी गरे पनि पावर र पहुँच भएका विद्यालयहरूका लागि मात्र पुग्ने गरेको र पहुँच नहुने विद्यालयहरू सबै पक्षबाट अपहेलित हुनुपर्ने अवस्था रहेको बताए।

    बडा अध्यक्ष जिमारत मियाँका अनुसार, उक्त विद्यालयमा पंखा जडानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ र चाँडै बालबालिकाहरूको पठनपाठन र गर्मिबाट राहतका लागि आवश्यक कदम चालिने प्रतिवद्धता जनाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...

    सर्वोच्च अदालतमा प्रधानमन्त्री ओलीविरुद्धको रिटको पूर्ण सुनुवाइ हुने

    काठमाडौं, भदौ १७ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि उठाइएको रिटलाई...